खाल्डोमा डुबेर तीन बालिकाको मृत्यु



रौतहट । रौतहटको इशनाथ नगरपालिका वडा नं। १ बन्जरहामा बिहीबार साँझ तीन बालिकाको डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँ निवासी बृजनन्दन यादवको १० वर्षकी छोरी किन्जल यादव, ६ वर्षकी छोरी गुन्जन यादव र हिरालाल साह को ७ वर्षकी छोरी सरिता साह रहेकी जिल्ला प्रहरी कार्यालय रौतहट प्रहरीले जनाएको छ।

इशनाथ नगरपालिका वडा नं १ मा रहेको धान खेत संगै को खाल्डोमा माछा मार्न गएका तीन बालिकाको ज्यान गएको हो।

खाल्डोमा जमेको पानीमा माछा मार्न गएका उनिहरु साझ सम्म पनि घर नफर्किए पछि खोज तलाश गर्ने क्रममा उनिहरु मृत अवस्थामा फेला परेका बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्