प्रिन्सको दोहोरो जित



काठमाडौं, (नेस)।नेपालका उदियमान ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल दुबईमा जारी दुबई जुनियर इन्टरनेसनल सेरिज २०१९ मा बिहीबार पुरुष एकल र मिश्रित जोडी दुवैतर्फ जित निकाल्न सफल भएका छन्।

अघिल्लो संस्करण्का विजेता प्रिन्सले यु–१९ को एकल खेलको दोस्रो चरणमा दुबईका भर्नूकार्तिक भारथी मोहनलाई पराजित गरेका हुन्। दोस्रो बरियतामा रहेका प्रिन्सले पहिलो चरणमा वाई पाउँदै दोस्रो चरण प्रवेश गरेका थिए।

प्रिन्सले बिनाबरियताका मोहनलाई २१–८, २१ – १५ ले पराजित गरेका हुन्। अब उनले तेस्रो चरणमा दुबईका कृष्णकुमार कौशिकसंग प्रतिस्पर्धा गर्नेछन्।यस्तै दाहाल मिश्रित जोडीमा पनि विजयी हुँदै अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन्।

दाहालले दुबईमा नै बसोबास गर्दै आइरहेकी नेपाल महेन्द्रनगरकी सानिया चन्दसँग मिलेर दुबईका नभान नजिव र कारोलिन कोल्कुहोओनलाई २१ –१४, २१ –१७ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्