एलए पौडी शुक्रबारदेखि



काठमाडौं, (नेस)।लिटिल एन्जल्स (एलए) स्कुलको आयोजनामा १८औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा विभिन्न ६५ विद्यालयका ३ सय २७ खेलाडीको सहभागिता रहने एलएका प्रिन्सिपल मुकुन्दराज शर्माले जनाएका छन्।

विभिन्न ५ उमेरसमूहमा ५० स्पर्धामा खेल हुनेछ। दुई दिने प्रतियोगिताका खेल हात्तीवनस्थित आयोजककै पौडी पोखरीमा हुनेछन्।

प्रतिक्रिया दिनुहोस्