रेमिट्ली र सिटी एक्सप्रेसबीच सम्झौता



काठमाडौं, (नेस)।अमेरिकाको रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएको छ।

अमेरिका, युरोप, क्यानडामा रहने नेपालीले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी आफन्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजारभन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने छ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पन हाईमरले हस्ताक्षर गर्नुभएको थियो।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभरी रेमिट एजेन्ट्बाट ७ हजारभन्दा बढी नेपालको एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्