हत्यामा संलग्न ४ जना पक्राउ 



कावासोती ।  प्रहरीले हत्यामा सङ्लग्न ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको टोलीले गैँडाकोट नगरपालिका–१५ का ६८ वर्षीया भुमादेवी खत्रीको हत्यामा संलग्न ४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न खोटाङको दिपु्रङ घर भई हाल गैँडाकोट–८ बस्दै आएका ३६ वर्षीय अर्जुन खड्का, उनकी श्रीमती ३५ वर्षीया मीना खड्का, तनहुँको रिसिङ घर भई गैँडाकोट–१५ बस्दै आएका ४५ वर्षीय वसन्तकुमार बराल र उनकी श्रीमती ३८ वर्षीया कमला बराललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ । उनीहरुले मङ्गलबार राति खत्रीको हत्या गरेका थिए ।

उनी घरमा एक्लै बस्दै आएकी थिइन् । गरगहना चोरी गर्ने क्रममा वृद्धाको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्