संविधान दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न



न्युज अफ नेपाल, काठमाडौँ । संविधान दिवस २०७६ को अवसरमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौ महानगरपालिका, नेपाली सेना र नेपाल सरकार वातावरण विभागको सहकार्यमा हरियाली प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यका साथ त्रिपुरेश्‍वरदेखि सुन्धारास्थित नागस्थान चोकसम्म वृक्षारोपण गरिएको छ ।

कपुर, जाग्रयात र बोटल क्रस गरि करिव १५३ वटा विरुवाहरुको रोपिएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र नेपाली सेनाका शरद कुमार गिरीको नेतृत्वमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त वृक्षारोपण कार्यक्रमा वन तथा वातावरण मन्त्रालय वातावरण विभागका महानिर्देशक, काठमाण्डौ महानगरपालिका-११ का अध्यक्ष लगाएत विशिष्ट व्यक्तिहरु नेपाली सेनाका सकलदर्जाको समेत उपस्थिती रहेको थियो । वन तथा पर्यावरणमन्त्री शक्ति बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्