चारजना पक्राउ



लन्डन, (एजेन्सी)।वेलायतको राजधानी लन्डन स्थित एउटा पसल सामु एकजना व्यक्तिको गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले चारजना पुरुषलाई गिरफतार गरेको छ।

गत ५ जुलाईमा वेम्वलीको ह्यारो रोडमा गोली हानिएको केहि समय पछि नै क्रेइग समल नामक ति व्यत्तिका उपचार क्रममै मृत्यु भएको थियो।

घटनाका भोलिपल्ट बिहान सवैरेै २८ देखि ३४ वर्ष उमेरका चारजना आशंकितलाई पक्राउ गरिएको थियो। प्रहरीले ति चाजनालाइ सोधुपुछ गर्दै थप अनुसनधान अघि बढाइरहेको लन्डनको महानगरिय प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्