लौटारोको ह्याट्रिकमा अर्जेन्टिना विजयी



लन्डन, (एजेन्सी)।लौटारो मार्टिनेजको ह्याट्रिकमा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई ४–० ले पराजित गरेको छ।

खेलमा भएका सबै गोल पहिलो हाफमा नै भएको थियो। खेलको १७औं मिनेटमा लौटारोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले २२ औं मिनेटमा अग्रता दोब्बर पारे।

३३ औं मिनेटमा लिआन्द्रो पारेडेसले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई ३–० को स्थितिमा पुर्याए। खेलको ३९ औं मिनेटमा लौटारोले आफ्नो ह्याट्रिक पूरा गरेपछि अर्जेन्टिनाको गोल संख्या चार पुग्यो।

मुख्य फरवार्ड लिओनेल मेसीको अनुपस्थितिमा इन्टर मिलानबाट खेल्दै आएका लौटारोले उत्कृष्ट प्रदर्शन गरेका थिए। लौटारोले अर्जेन्टिनाका लागि १२ म्याच खेल्दै ६ गोल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्