तेन्जिनले तोडे शिरीषको कीर्तिमान



काठमाडौं, (नेस)।नवौं एनएसए कप पौडी प्रतियोगितामा तेन्जीन नामडोल रायनले शिरीष गुरुङको राष्ट्रिय कीर्तिमान तोडेका छन्।

बुधबार दोस्रो दिन तेन्जीनले २ सय मिटर पुरुष ब्याक स्ट्रोकमा नयाँ कीर्तिमान रचेका हुन्। उनले सो दुरी २ मिनेट ३०.३२ सेकेन्डले पूरा गरेका थिए।

यसअघि शिरीषको कीर्तिमान २ मिनेट ३४.१७ सेकेन्डको रहेको थियो। यस्तै शुभम श्रेष्ठले पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान रचे।

उनले सो दुरी ३१.७५ सेकेन्डमा पूरा गर्दा आफ्नै पहिलो ३२.१९ सेकन्डको कीर्तिमानमा सुधार भएको हो।

प्रतिक्रिया दिनुहोस्