रसुवाको पासाङल्हामु राजमार्ग बुधबार साँझबाट पुर्णरुपमा बन्द



सरस्वति न्यौपाने,रसुवा । रसुवाको पासाङ ल्हामु राजमार्गको राम्चेमा बुधबार परेको अविरल वर्षाको कारण सडक भासिदा पुर्ण रुपमा नै यातायात बन्द भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारी भट्टराइका अनुसार अविरल वर्षाका कारण बुधबार साँझ करिव ५ बजे कालिकास्थान ग्राङविचको राम्चे भीर नजिक राजमार्ग भासिदा राजमार्ग पुर्ण रुपमा क्षति हुँदा सवारीको आवत जावत बन्द भएको हो ।

उक्त राजमार्ग पुर्ण रुपमा बन्दा हुँदा काठमाण्डौ रसुवाको सिधा यातायात टुटेको छ । सडक सुचारु गर्न कम्तिमा एक हप्ता लाग्ने अनुमान गरिएको छ ।

नेपाल चिन विचको व्यापार व्यवसाय सन्चालन हुने वर्षा यामको एक मात्र राजमार्ग भएका ले छिटो राजमार्ग सन्चालनको लागी डिभिजन सडक कार्यालय सँग समन्वय भइरहेको र मानिस आवत जावत गर्न समेत अहिले असहज भैरहेको स.प्र.जि.अ. भट्टराइले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्