टीभीएस दशैंको दौडमा सहभागी हुने मौका खुल्यो



काठमाडांै, (नेस)।दशैंको अवसर पारेर नेपालको लागि टीभीएस टु–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आरम्भ गरेको उपभोक्ता प्रवद्र्धन योजना टीभीएस दशैंको दौडले सबैलाई दौडमा निःशुल्क भाग लिने अवसर दिएको छ।

टीभीएस शोरुममा नगइकनै वा टीभीएस बाइक नकिनेर पनि सहभागी बन्न पाइने गजबको अफर रहेको यस योजनाको एक महत्वपूर्ण पक्ष रमाइलो म्याराथन दौड हो।

जगदम्बा मोटर्सले भदौ २८ गते शनिबार काठमाडौंमा पहिलोपटक टीभीएस दशैंको दौडअन्तर्गतको म्याराथन दौडको आयोजना गर्ने भएको छ।

उक्त दिन विहान ७ बजेदेखि शुरु हुने यो रमाइलो दौडको विषयमा प्रकाश पार्दै कम्पनीका उपाध्यक्ष दीपक अग्रवालले भन्नुभयो–‘दशैंको चहलपहलले हामीलाई छोइसकेको छ।

यो रमाइलो चहलपहललाई अझ रमाइलो बनाउन हामीले हाम्रा ग्राहक समक्ष ल्याएको टीभीएस दशैंको दौड प्रति उपभोक्ताहरूले जुन उत्साहजनक रुची दर्शाउनु भएको छ, त्यसबाट हामी अत्यन्त प्रभावित भएका छौं।

यसै योजना मातहतको एक रमाइलो दौडलाई हामीले स्वास्थ्यका लागि रमाइलो दौड भन्ने नाराका साथ आयोजना गर्न गैरहेका छौं। ’

सबै उमेर सबै समूहका व्यक्तिले भाग लिन सक्ने यो खुला रमाइलो दौडमा सहभागी हुने सबैजनालाई स्योर सट छुट स्वरुप रु. एक हजार रुपियाँ प्रदान गरिनेछ।

विजेतामध्ये प्रथम हुनेलाई ५० हजार, त्यस्तै द्वितीय हुनेलाई २५ हजार र तृतीय हुनेलाई १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्