एनआरएनए स्पेन अध्यक्षमा गुरुङ

आईसीसीमा अत्यधिक मतसहित रानाभाट विजयी



दीपेन्द्र गजुरेल, स्पेन।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति स्पेनको अध्यक्षमा दिनेश गुरूङ (देउकाजी) विजयी हुनुभएको छ।

आइतबार क्षेत्रीय समितिहरू ग्रान क्यानरिया, पाइसभास्को विलबाउ तथा म्याड्रिडमा र सोमबार बार्सिलोनामा भएको निर्वाचनमा पेशलकुमार कोइरालालाई १ सय २४ मतले पराजित गर्दै विजयी हुनुभएको हो।

कोइरालाको ५ सय ७२ मत प्राप्त गर्नुभएको थियो भने गुरुङको ६ सय ९६ मत प्राप्त गर्नुभएको थियो।यस्तै उपाध्यक्षमा उत्तरकुमार राई ७ सय ३१ मत ल्याएर विजयी हुनुभएको छ।

यसैगरी दिनेश गिरीले ६ सय ८० मतसहित दोस्रो स्थान प्राप्त गरी उपाध्यक्ष हुनुभएको छ। तीन जनाको कडा प्रतिस्पर्धामा सनु राउतले जम्मा ४ सय ८७ मत ल्याउनुभएको थियो।

यसै गरी महासचिव उमराज ढकाल (राज) ६ सय ७२ मतसहित विजयी हुनुभएको छ। उहाँको प्रतिद्वन्द्वी विनय अधिकारीले ४ सय २२ मत प्राप्त गर्नुभएको थियो।

सचिवमा दुर्गाप्रसाद घिमिरे (लेकाली) ५ सय ५० मतसहित पहिलो सचिव हुनुभएको छ। त्यस्तै अर्को सचिवमा धु्रव भट्टले ५ सय ४६ मत प्राप्त गर्नुभएको थियो।

कोषाध्यक्षमा गोविन्दप्रसाद तिमिल्सिनाले ६ सय ८७ मतसहित विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी सन्तबहादुर क्षेत्रीले ४ सय ४२ मत प्राप्त गर्नुभएको थियो।

सहकोषाध्यक्षमा शान्ता राणा ६ सय ४८ मतसहित विजयी हुनुभएको छ। उहाँको प्रतिद्वन्द्वी महन्त महर्जनले ४ सय ४ मत प्राप्त गर्नुभएको थियो।

यसैगरी क्षेत्रीय उपाध्यक्षमा तुलसी गुरुङले ६ सय ५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने रामप्रसाद दाहालले ५ सय ३ मत प्राप्त गर्नुभएको थियो। १ सय ४७ मतअन्तरले गुरुङले बाजी मार्नुभएको हो।

यस्तै क्षेत्रीय समिति पाइसभास्को विलबाउबाट केन्द्रीय सचिवमा महानारायण चौधरी ६ सय ४९ मतसहित विजयी हुनुभयो भने ४ सय २१ मतसहित राजेन्द्र सेढाईं पराजित हुनुभयो।

यस्तै महिला संयोजकमा मौसमी गुरुङ, (समी) ६ सय ९४ मतसहित विजयी हुनुभयो भने उहाँको प्रतिद्वन्द्वी पार्वती ओली (पारू)ले ४ सय ५५ मत प्राप्त गर्नुभएको थियो।

यस्तै सदस्यहरूमा क्रमशः आङ्ग लाक्पा शेर्पा, तारानाथ अधिकारी, विदुर गौतम, भूपेन्द्रकुमार श्रेष्ठ, शालिकराम डुम्रे, सोम प्रसाद गुरुङ (युनिस) विजयी हुनुभएको छ। यस्तै समाजसेवी तथा युवाहरूमाझ अति लोकप्रिय युवा सुनिल रानाभाट ७ सय ७१ मतसहित विजयी हुनुभएको छ।

पाँचौ अधिवेशनमा समेत रानाभाटले अत्यधिक मत प्राप्त गर्नुभएको थियो।यस्तै दोस्रो आईसीसीमा चिन्तामणि सापकोटा ६ सय ४५ मतसहित विजयी हुनुभएको छ। उहाँको प्रतिद्वन्द्वी प्रकाश तिमिल्सिनाले ४ सय ५६ मत प्राप्त गर्नुभएको थियो। 

यसअघि महिला उपाध्यक्ष सुमित्रा घिमिरे सापकोटा, युवा संयोजकमा सुरेश शर्मा, ग्रान क्यानरियाबाट केन्द्रीय सचिवमा दीपेन्द्र श्रेष्ठ, म्याड्रिडबाट केन्द्रीय सचिवमा मेघनाथ ढकाल निर्विरोध निर्वाचित भएका थिए।

एनआरएनए स्पेनको कुल सदस्यता संख्या २ हजार ३ सय ९७ रहेको थियो भने १ हजार ४ सय ७१ मत खसेको थियो। एनआरएनए स्पेन निर्वाचन समितिले अत्यधिक मत पाउनेमा पहिलो सुनिल रानाभाट र उत्तरकुमार राई भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्