आगलागी हुँदा २ लाख बराबरको क्षति



दाङ । दाङको बङ्गलाचुलि गाउँपालिका-५ कुडुलेमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ। बुधबार साँझ ५ बजेको समयमा ओबिराम ओलीको घरमा आगलागी हुँदा घर पूर्णरूपमा जली नष्ट भएको छ । आगलागीबाट लत्ताकपडा, अन्नपात लगाएत २ लाख बराबरको धनमालको क्षति भएको छ । मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

त्यस्तै, दाङको तुल्सीपुर उपमहानगरपालिका-१८ जमनीमा चट्याङ लागेर एक बोका मरेको छ ।
चट्याङले डम्मरी कुमारी भण्डारीको बोका मरेको हो । चट्यान लागेर भण्डारी पनि घाइते भएकी छिन् । उनको राप्ती प्रादेसीक अस्पताल तलसीपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । चट्यान भण्डारीको घर नजिकै परेको थियो ।

प्रतिक्रिया दिनुहोस्