भरूवा बन्दुकसहित ४ जना पक्राउ



काठमाडौं । प्रहरीले तीन नाल भरूवा बन्दुकसहित ४ जनालाई कास्कीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका-२ खम्राङका ४८ वर्षीय बमबहाददुर तामाङ लगायत ४ जना रहेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरूलाइ पक्राउ गरेको हो ।

उनीहरुबाट घरमा लुकाइ राखेको तीन नाल भरुवा बन्दुक, केही मात्रामा बारुद र छर्रा, १३ थान लाइभ राउण्ड, सर्टगनको तीन थान लाइभ राउण्ड, प्रयोग गरिएको २७ थान सर्टगनको खोका, एक थान भरुवा बन्दुकको बट, करिब पाँच केजी सतुवा र दुइ थान भरुवा बन्दुकको नाल समेत बरामद गरेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्