बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध



सिर्जना पन्त बाग्लुङ । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध छ ।

आइतवारदेखि अवरुद्ध सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति करीब १० मिटर सडक भत्काएकाले भिरमा विष्फोटक पदार्थको प्रयोग गरी नयाँ ट्रयाक निर्माणको तयारी गरिएको छ ।

डोजरको सहायताले मात्रै ट्रयाक निर्माण नभए पछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउने तयारी गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रमान शेरचनले जानकारी दिनुभयो ।

यात्रुले बीच सडकमा केही पैदल यात्रा गरेर अर्को सवारी परिवर्तन गर्नुपर्ने बाध्यता छ । जसका कारण मुस्ताङ भ्रमणमा गएका र जाने पर्यटक, तीर्थयात्री र सर्वसाधारणलाई सास्ती भएको शेरचनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्