पौडी छनोट प्रतियोगिता शुरू



नेपाल समाचारपत्र, काठमाडौं। यसै वर्ष हुने १३औं सागका लागि पौडीतर्फ खेलाडी छनोट गर्न नवौं एनएसए पौडी प्रतियोगिता मंगलबारदेखि शुरु भएकोे छ।

नेपाल पौडी संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिनमा राष्ट्रिय कीर्तिमान बनेका छन्।सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतियोगिताअन्तर्गत खुला महिला २ सय मिटर बे्रस्टस्ट्रोकको हिट चरणमा उपास्ती महर्जनले नयाँ राष्ट्रिय कीर्तिमान राखिन्।

उनले डुवाना लामाले राखेको ३ मिनेट ०७.२२ सेकेन्डलाई पछि पार्दै ३ मिनेट ०१.८१ सेकेन्डको नयाँ कीर्तिमान राखेकी छिन्।

सो हिट चरणमा आर्मीकी उपास्ती पहिलो स्थानमा छिन् भने दोस्रा स्थानमा रहेकी विद्या संस्कारकी अदीप्शा वैद्यले समेत डुुवानालाई पछााडि पारेकी छिन्।

उनले सो दूरी ३ मिनेट ०२.२५ सेकेण्डमा पुरा गरेकी थिइन्। प्रतियोगिता बिहीबारसम्म चल्नेछ। त्यसपछि सागका लागि खेलाडी छनोटको टुंगो लाग्ने आयोजकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्