मध्यावधि चुनावमा जाने जोनसनको प्रयास असफल



लन्डन (एजेन्सी)। बेलायतको संसद्ले फेरि एक पटक प्रधानमन्त्री बोरिस जोनसनको मध्यावधि चुनावमा जाने मागलाई खारेज गरेको छ।

जोनसले अक्टोबरमा हुने युरोपेलीसंघको सम्मेलन अगाडि आमचुनाव गराउनचाहेको छ।

चुनावमा जाने प्रधानमन्त्रीको प्रस्तावमा २ सय ९३ सांसदले पक्षमा भोट दिएका छन्, जुन संख्या यसलाई पारित गराउन पर्याप्त संख्या होइन।

यसअघि विपक्षी सांसदले अक्टोबर १५ मा चुनाव गराउने प्रस्तावको पक्षमा भोट नदिने आफ्नो पैmसलामा जोड दिँदै ब्रेक्जिटलाई अस्वीकार गर्नु पर्ने बताए।

यदि संसद्को फैसलाको अनादर गरेमा कानुनी कारबाहीको सामना गर्नु पर्ने प्रधानमन्त्री जोनसनलाई चेतावनी दिइएको छ।

मन्त्रीहरूले यस कानुनलाई अनावश्यक भएको बताउँदै उनीहरू यसको परीक्षण गर्ने बताएका थिए।

हाउस अफ लडर््सले ‘ नो डिल ब्रक्जिट‘लाई रोक्ने विधेयक पारित गरेको छ। यो कानुनले बेलायतलाई बिना सम्झौता युरोपेली युनियनबाट बाहिरिन रोक्नेछ।

यदि बेलायत र ईयूबीच अक्टोबर १९सम्म कुनै सम्झौता हुँदैन भने यस कानुनले प्रधानमन्त्रीलाई युरोपेली संघबाट ब्रेक्जिटको समयसीमा अक्टोबर ३१ सम्म बढाउन अपिल गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्