पेस्तोल र गोलीसहित एक जना पक्राउ



भक्तपुर, (नेस) । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर–९ भाते ढिकुरबाट पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त जगातीबाट विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सोमबार राति बाराको फेटा गाउँपालिका–३ बस्ने वर्ष ४१ को शम्भुप्रसाद शाह कानुलाई पक्राउ गरेको हो।

पक्राउ परेका शाहलाई वृत्तमा सार्वजनिक गर्दै वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रराज जोशीले शंकास्पदरूपमा बाटोमा हिँडिरहेको आधारमा झोला तथा शरीर खानतलासी गर्दा कम्मरमा लुकाई राखेको १ थान गोली चेम्बरमा लोड गरी तयारी अवस्थामा रहेको कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने ५ थान गोली पक्राउ गरिएको जानकारी दिनुभयो।

पक्राउ परेका शाहलाई हातहतियार खरखजना अन्र्तगत थप अनुसन्धान कार्य भइरहेको डीएसपी जोशीको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्