विवाहित सुन्दरीले देखाए प्रतिभा



रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाबीच राजधानीमा आयोजना गर्न लागेको सौन्दर्य प्रतियोगिताको पाँचौं संस्करण मिसेस नेपाल इन्टरनेसनल–२०१९ मा सहभागी ३६ जना विभिन्न पेसाकर्मी र गृहिणीले ट्यालेन्ट राउन्डअन्तर्गत प्रतिभा प्रदर्शन गरेका छन्।

नयाँ बानेश्वरस्थित होटल अर्यालमा आयोजित ट्यालेन्ट शोमा सहभागीले अभियन, नृत्य, कविता वाचन, चित्रकला, वक्तृत्वकला जस्ता विभिन्न प्रदर्शन गरेर निर्णायकको मन जित्ने प्रयास गरेका थिए।

ट्यालेन्ट राउन्डबाट मिसेस ट्यालेन्ट चयन गरिने र त्यसको घोषण अन्तिम स्पर्धाका दिन गरिने प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराए।

ट्यालेन्ट शोमा रंगकर्मी वीरेन्द्र हमाल, शिक्षासेवी सूदन डोटेल, म्युजिक भिडियो निर्देशक समन अधिकारी, संगीतकार सरोज प्याकुरेल र चलचित्र निर्देशक तथा नृत्य निर्देशक सावित्री खत्री निर्णायक रहेका थिए।

प्रतियोगिताको अन्तिम स्पर्धा आगामी असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुँदै छ।यस वर्षको प्रतियोगिता लैंगिक असमानताविरुद्धको अभियान भन्ने मूल नाराका साथ आयोजना हुने पेजेन्ट निर्देशक झाले जानकारी गराए।

प्रतियोगितामा आस्मा तामाङ, रोमी तण्डुकार, ऋतु किरण श्रेष्ठ, सरस्वती बुढाथोकी, नम्रता शर्मा, प्रतीमा ज्ञवाली, बिना जोशी चन्द, कृष्णा महत, विमला केसी, रूपा शाह, रश्मी शाक्य, रचना कदरिया, रोजिना महत, एलिजा महत, रोजिना भट्टराई, सुशीला श्रेष्ठ, प्रतीमा मल्ल, कुसुमादेवी खाँड मल्ल, भाविशा कोइराला, शवनम खरेल, रंगिना लाइकंवम, अराधना शाह, सुशीला भट्ट, स्नेहा राउत थापा, सिर्जना पाण्डे, मंगल बडे, सविना चालिसे, शान्तिदेवी भट्टराई, सोनु नेवाङ तामाङ, सन्ध्या घिमिरे, इन्दिरा रानाभाट निरौला, आरती सिंह, सिल्पी गुप्ता, निरा तामाङ, सुलक्षणा भट्टराई र विमला हुमागाईंले अन्तिम स्पर्धा गर्न पाउने भएका छन्। प्रतियोगीहरूलाई पूर्वप्रधानसेनापती रुक्माङ्गद कटुवाल, कलाकारहरू वीरेन्द्र हमाल, सञ्चिता लुइँटेल, शिक्षासेवी पूर्ण लामा, सञ्चारकर्मी विकास थपलिया, अधिवक्ता तथा कलाकार कृष्ण ढुंगाना, संगीतकार सरोज प्याकुरेल, साहित्यकार धिरेन्द्र पे्रमर्षी, व्यवसायी अनुप के बराललगायतबाट कक्षा दिइँदै आएको छ।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा हुने प्रतियोगितामा विजेताले नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरका साथै स्कुटर उपहार तथा विभिन्न अवसरहरू प्राप्त गर्नेछिन्।

त्यस्तै प्रथम दोस्रो र तेस्रो उपविजेताले विभिन्न अवसरका साथै अन्तर्राष्ट्रिय पेजेन्टमा भाग लिने अवसरसमेत पाउने आयोजकले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्