बीबीबीएचएस फुटबलमा २४ टिम



नेपाल समाचारपत्र, काठमाडौं।बाल विकास बोर्डिङ मावि (बीबीबीएचएस) को २५औैं वार्षिकोत्सवको अवसरमा आयोजना हुने प्रथम बीबीबीएचएस अन्तरविद्यालय फुटबल प्रतियोगितामा २४ छात्र टोलीको सहभागिता रहने जनाइएको छ।

बुधबारदेखि भदौ २९ गतेसम्म हुने प्रतियोगितामा बीबीबीएचएससहित स्केम्स, आश्रम, पञ्चकन्या, श्री बूढानीलकण्ठ, गणेश मावि, फ्युजन एकेडेमी, भ्याली पब्लिक, भद्रकाली, सेन्ट जेभियर्स, टीआईए, ओडिसी इन्टरनेसनल स्कुल, त्रिवेणी सदन, इलिमेन, इडेन ब्रिज एकेडेमी (इबीए), त्रिकोण पब्लिक, विट्स एकेडेमी, थ्री स्टार, काठमाडौं भ्याली, शिशु मिलन, ओम, बीएमसी र ध्रुवताराको सहभागिता रहने छन्।

आयोजक बीबीबीएचएसका प्रिन्सिपल महेशकुमार श्रेष्ठले उत्तरभेगीय क्षेत्रमा रहेका विद्यालयका प्रतिभावन खेलाडीको पहिचान गर्ने र विद्यालयबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्