मेसी बार्सिलोना छाड्न स्वतन्त्र



मेड्रिड, (एजेन्सी)। स्टार स्ट्राइकर लियोनल मेसीलाई कुनै पनि बेलामा बार्सिलोना छाड्न स्वतन्त्रता रहेको जनाइएको छ। करिब ७ सय मिलियन युरोमा बार्सिलोनाले मेसीलाई २ वर्षअघि ४ वर्षको करार सम्झौता गरेको थियो।

सोको खुलासा क्लबका अध्यक्ष जोसेप मारिया बोर्तमेउले सोमबार गरेका छन्। उनका अनुसार करार सम्झौतामा मेसीले जुनबेला पनि क्लब छाड्न सक्नेछन्।

७ सय मिलियन युरो जुन २०२० सम्ममा शून्यमा झर्ने पनि बताइएको छ। उनलाई क्लब छाड्न रकमको कुनै सम्झौता गर्नु पर्ने छैन।

अध्यक्ष जोसेपले बार्सिलोनाको टीवी च्यानेलमा बताएका थिए—क्लब उनको भविष्यबारे चिन्तित छैन।

मेसीको अनुबन्ध २०२०–२१ सिजनसम्म मात्रै हो तर उनले अन्तिम सिजनभन्दा पहिले जुन बेला पनि क्लब छाड्न स्वतन्त्र छन्।

यो जाभी, फुयोल र आन्द्रे इनिस्तासँग भएको सम्झौता झै हो। उनीहरूसँग क्लब छाड्ने अधिकार छ।

मेसी अर्कोे सिजनसम्म ३३ वर्षको हुनेछन्। यसैले पनि क्लब उनले अर्को क्लब रोज्ने छैनन् भन्ने विश्वासमा छ। जोसेपले बताए—मेसीले अर्को क्लब रोज्दैनन्।

यसमा हामी धुक्क छौ। हामी चाहन्छौं उनी २०२१ पछि पनि हाम्रो टोलीका लागि खेलिरहुन्।

बार्सिलोनाका लागि ६ सय ८७ खेलमा ६ सय ३ गोल गरेका छन्। उनले टोलीलाई १० ला–लिगा, ४ च्याम्पियन्स लिग, ६ कोपा डे रे, ३ क्लब वल्र्ड कप, ३ युरोपियन सुपर लिग र ८ स्पेनिस सुपर कप दिलाउन प्रमुख भूमिका खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्