सिभिल बैंकको एन्यूटी डिपोजिट निक्षेप योजना



नेपाल समाचारपत्र, काठमाडौं।सिभिल बैंकले नेपालमै पहिलोपटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ।

जुन बचत र मुद्दतीको समायोजन गरी बनाइएको निक्षेप योजना हो। एन्यूटी डिपोजिट योजना भनेको भविष्यमा आपूmलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ।

साथै इच्छयाइएको रकम सो अवधि पश्चात एकमुष्ठ प्राप्त गर्नेछन्। सिभिल एन्युटी डिपोजिटअन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थिर रहने छ।

न्यूनतम मौज्दात हजार रुपियाँबाट नै शुरु गर्न मिल्ने यस योजना व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले सञ्चालन गर्न मिल्ने निक्षेप योजना हो।

एक वर्षदेखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै थोरै जम्मा गरी भविष्यको आफ्नो योजना साकार पार्न यस निक्षेप योजनाले सघाउने बैंकको भनाइ छ।

ग्राहकको इच्छाअनुसार यो खाता एक भन्दा बढी खोल्न पाइनेछ। सिभिल एन्युटी डिपोजिटबाट बचतकर्ताले आवश्यक मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एकमुष्ट रकम लिन पाउने छन्। त्य

स्तै आवश्यक परेको बखत तीन महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा, मौज्दात रकमको ६० प्रतिशतसम्म ऋण निकाल्न मिल्ने सुविधा प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्