रोबर्ट मुगावेको समाधिस्थल विवादमा



हरारे, (एजेन्सी)।जिम्बाबेका नेता रोवर्ट मुगावेका भतिजाले उनको निकै दुखी व्यक्तिको रूपमा निधन भएको बताएका छन्।

गतसाता मात्र ९५ वर्षको उमेरमा निधन भएक मुगावेले झण्डै चार दशकसम्म जिम्बाबेको नेतृत्व सम्हालेका थिए।

उनलाई सन २०१७ मा भएको सैनिक विद्रोहमा अपदस्थ गरिएको थियो। आफ्नो काका रोवर्ट मुगावेको गाउँको घरबाट बीबीसीलाई लियो मुगावेले भनेका छन् ,’कल्पना गर्नुहोस् आफैंले विशवास, रक्षा र स्याहार गरेका मानिसहरूले नै विश्वासघात गरे भने कस्तो महशुस हुन्छ।

उनको सनकै दुखान्त अन्त्य भयो। यसले उनको विरासतलाई चोट पुर्याएको छ। यो स्थिति सहन गर्न उनलाई त्यति सजिलो थिएन।’

शुरुको शासनकालमा काला जातिका लागि स्वास्थ र शिक्षाका लागि विशेष योगदान दिएबापतको उनको निकै प्रशंसा भएको थियो।

पछि मुगावेले आफ्ना राजनीतिक विपक्षीलाई दबाउन हिंसाको नीति अपनाउन थालेपछि जिम्बाबेको अर्थतन्त्रसमेत तहसनहस हुन पुगेको थियो।

उनले आफ्ना उपराष्ट्रपतिलाई वर्खास्त गरेपछि उनी आफ्नी पत्नी ग्रेस मुगावेलाई सत्तामा ल्याउन प्रयासरत रहेको शंका गरिएको थियो।

सेनाले हस्तक्षेप गरी मुगावेलाई पदबाट बाहिरिन बाध्य पारिएपछि उपराष्ट्रपत इम्मर्सन मानान्गावा राष्ट्रपति बनेका थिए।

लामो समय जिम्वावेको राष्ट्रपति रहेका रोवर्ट मुगावेको विरासत उनको निधन पश्चात अत्यन्तै विवादको विषय बनेको छ।

लामो समयदेखि बिरामी भइरहेका मुगावेको गत शुक्रबार सिंगापुरको एउटा अस्पतालमा निधन भएको थियो।

गत अप्रिलदेखि उनको सो अस्पतालमा उपचार हुँदै आएको थियो। उनका निकटका आफन्त र सरकारी अधिकारी सिंगापुर पुगेका छन्।उनको पार्थिव शवलाई बुधबार जिम्बाबे ल्याइपुर्याइने बताइएको छ।

उनका ेशवलाई राजधानी हरारेदेखि करिब ८० किमि पश्चिममा पर्ने उनको गाउँको घरमा लगेर एक रात राखिने अपेक्षा गरिएको छ।

सरकारी अधिकारीका अनुसार आगामी शनिबार हरारेस्थित ६० हजार दर्शक क्षमताको राष्ट्रिय खेलकुद रंगशालामा मुगावेको औपचारिक अन्त्येष्टि कार्यक्रमको आयोजना गरिनेछ।

तर रोवर्ट मुगावेको पार्थिव शवलाई कहाँ समाधिस्थ गर्ने भन्ने बारे थुप्रै विवाद आइरहेको स्थानीय समाचार निकायले जनाएको छ।

उनका केही नातेदारहरु मासोनाल्यान्ड वेस्ट प्रान्तको कुतामा गाउँस्थित उनको फार्म हाउसमै उनलाई समाधिस्थ गरियोस् भन्ने चाहन्छन्।

तर सरकारी अधिकारीहरू भने उनको ेशवलाई हरोरेनजिकको एउटा पवित्र धार्मिक स्थलमा गाड्ने विचारमा रहेका छन्।

गोरा अल्पमत शासकविरुद्ध लड्ने जिम्बाबेको अधिकांश राष्ट्रिय विभूतिहरूलाई यही पवित्र भूमिमा समाधिस्थ गरिएका छन्।

सोमबार लियो मुगाबेले आइतबार आफ्नो शव समाधिस्थ गरिने तर स्थान तय भइनसकेको एएफपी समाचार निकायलाई बताएका छन्।

मुगावेको सन् १९२४ को फेब्रुअरी २१ मा तत्कालिन बेलायती उपनिवेश साउदर्न रोडेसियामा जन्म भएको थियो।

प्रतिक्रिया दिनुहोस्