पाँच हजार घूससहित प्रहरी पक्राउ



वीरगन्ज, (नेस)।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगन्जबाट एकजना प्रहरी जवानलाई पाँच हजार घूससहित पक्राउ गरेको छ।

बारा घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हिरा साह तेलीलाई वीरगन्ज महानगरपालिका–६ माइस्थानको एक मिठाइ पसलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो।

तेलीलाई अख्तियारको कार्यालय, हेटौंडाको टोलीले पक्राउ गरेको हो।कमसल आर्युवेदिक औषधि दिएको भन्ने विषयमा टुंगिसकेको उजुरी मिलाइदिन्छु भन्दै उनले सेवाग्राहीसँग घूस मागेका थिए।

सेवाग्राहीसँग पटकपटक घूस रकम माग गरेको सूचना र उजुरीका आधारमा तेलीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्