दृष्टिविहिनका लागि म्युजिकल जात्रा



काभ्रे, (नेस)। रमाईलो छत्र छाया मुनि धुलिखेल, काभ्रेले धुलिखेलको हिमालयन मोटर ल्याण्ड (बेजिङ प्लान) मा म्युजिकल जात्रा आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी शनिबार हुनेछ।

धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा एक अन्तराष्ट्रिय ब्याण्ड, तीन राष्ट्रिय ब्याण्ड, एक फरक क्षमता भएका ब्यक्तिहरुको ब्याण्ड र दुई स्थानीय ब्याण्ड गरी ७ वटा ब्याण्डको प्रस्तुती रहने जानकारी गराईएको छ।

म्यूजिकल जात्रामा विभिन्न परिकारका स्टल समेत रहने गरी ब्यवस्थापन गरिएको छ अध्यक्ष श्रेय विक्रम ब्याञ्जुले बताउए।

फरक क्षमता भएका ब्यक्तिहरुका लागि निरन्तर रुपमा निशुल्क सांगिकतिक कक्षा संचालन गर्ने उदेश्यले आर्थिक सहयोग जुटाउन उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष ब्याञ्जुले बताए।

उक्त संस्थाले हाल ६ जना दृष्टिविहिन बालबालिकालाई तीन महिना देखि आफ्नै खर्चमा निशुल्क सांगितिक कक्षा संचालन गर्दै आएको छ।

उक्त कार्यक्रमलाई निरन्तरता दिन र त्यस्ता ब्यक्तिहरु मध्ये सांगितिक क्षेत्रको रुची भएकालाई निशुल्क कक्षा उपलब्ध गराउन आर्थिक संकलन गर्नु परेको सदस्य सुदिप पराजुलीले बताए।

१२ लाख ५० हजार आम्दानी गरी केहि रकम सांगितिक खर्च जुटाउन संकलन गर्ने लक्ष्य राखिएको पराजुलीले बताए।

संजिवनी मावीमा अध्ययन गरी छात्राबासमा बस्ने ३ जना र ३ जना बाहिरका दृष्टिविहिनलाई सांगितिक कक्षा लिईँदै आएको छ। उक्त समुहले पनि म्युजिकल जात्राको अवसरमा चार गित प्रस्तुत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्