वार्षिक २४ सय बिरामी अपोलोमा जान्छन्



भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले प्रोटोन थेरापी दक्षिण एसियामा नै पहिलोपटक भित्याएको दाबी गरेको छ।

साथै सबैभन्दा पहिला भारतमा डाइलासिस सेवा पनि अपोलोमै भित्रिएको त्यहाँका चिकित्सकले दाबी गरेका छन्।

गत शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मिर्गौला प्रत्यारोपण र घुँडा परिवर्तन (रिप्लेसमेन्ट सर्जरी)का लागि अत्याधुनिक उपचारका लागि आवश्यक नयाँ प्रविधि भित्याएको जानकारी दिँदै अर्थोपेडिक सर्जन डा. यस गुलाटीले यो नेपालबाट उपचारका लागि भारत जाने बिरामीका लागि पनि
उपयोगी भएको बताउनुभयो।

सोही अवसरमा उहाँले नेपाल र भारतका बिरामीलाई एउटै शुल्क लिनुका साथै नेपालबाट भारत जाने बिरामीका लागि नेपालमै सूचना केन्द्र स्थापना गरिएको र त्यहाँ सम्पर्क गरेर जाँदा एयरपोर्टसम्म बिरामी लिन अस्पतालले व्यवस्था मिलाउने समेत बताउनुभयो।

अपोलोबाट आएका चिकित्सकहरूले मिर्गौला रोग र घुँडासम्बन्धी रोगको उपचारका लागि आफूहरूले भित्याएको नयाँ प्रविधिबारे जानकारी दिएका थिए।

अपोलोका वरिष्ठ रिनल ट्रान्सप्लान्ट सर्जन प्राडा सन्दीप गुलरिया, युरोलोजिस्ट डा. एन सुब्रमण्यम, र अर्थोपेडिक सर्जन डा. यस गुलाटीले अस्पतालले भित्याएको उपचार पद्धतिका बारेमा जानकारी गराए।

यस्तै अपोलोको डेपुटी जनरल म्यानेजर अजय भारद्वाजले नेपाली बिरामीले लिन सक्ने सुविधाका बारेमा प्रस्ट्याएका थिए।

सो अवसरमा चिकित्सकको टोलीले मिर्गौला र घुँडाको उपचारका लागि अस्पतालमा भएका प्रविधिका बारेमा जानकारी गराएका थिए।

‘अपोलोमा हालसम्म २१ हजार बढीको मिर्गौला प्रत्यारोपण भइसकेको छ। यो सफलताको मूल श्रेय उपचारमा संलग्न टिम र समयसापेक्ष प्रविधि नै हो। यसखाले मानवीय उपचार सेवालाई निरन्तरता दिन अनुभवी चिकित्सकका साथै नयाँ–नयाँ प्रविधि भित्याएर आफूहरू ढुक्क भएका छौ।

मुगौला प्रत्यारोपणमा सफलता दर ९७ प्रतिशतभन्दा बढी छ। अपोलो मल्टी स्पेसलिटी अस्पताल हो। त्यसैले पनि नेपालबाट जाने बिरामीले यो थाहा पाउन जरुरी छ।’ कन्सलट्यान्ट युरोलोजिस्ट डा. एन सुब्रमण्यमले भन्नुभयो।

डा. गुलाटीका अनुसार अपोलोमा घुँडा परिवर्तन (नि रिप्लेसमेन्ट) उपचारमा नयाँ र विकसित पद्धति भित्याइएको छ। पहिले यसका लागि पूरै घुँडा निकाल्नु पर्दथ्यो तर अब बिग्रेको भाग मात्रै निकालेर रिप्लेस गर्न सकिन्छ।

यसले धेरै ठूलो शल्यक्रिया गर्नु पनि पर्दैन र बिरामी छिटो निको हुन्छन्। करिब ३० प्रतिशत बिरामीको यो नयाँ पद्धतिबाट घुँडाको प्रत्यारोपण गर्न सकिन्छ।

भारद्वाजका अनुसार अपोलोमा मात्रै नेपालाबाट हरेक वर्ष विभिन्न रोगको उपचारका लागि २ हजार ४ सयको हाराहारीमा नेपाली पुग्ने गर्दछन्।

 

प्रतिक्रिया दिनुहोस्