प्रधानमन्त्री र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

सोमबार दिउँसो परराष्ट्र मन्त्रीस्तरीय बैठकपछि विदेश मन्त्री यी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन ।

प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको छ ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा नेपाल र चीनले ३ समझदारीमा हस्ताक्षर गरेका छन् ।

यीले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यी मंगलबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्