दुधौलीमा दमकल सेवा शुरू



सिन्धुली, (नेस)।नगरपालिका भित्र हुने आगलागीका घटनालाई नियन्त्रण गर्न दुधौली नगरपालिकाले वारुण यन्त्र(दमकल) सेवा शुरू गरेको छ। दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले एक कार्यक्रमका बीच उद्घाटन गर्दै वारुण यन्त्र सेवा शुरू गरिएको हो।

३ नं. प्रदेश सरकारको ६० लाख बजेटमा वारुण यन्त्र खरिद गरिएको नगरपालिकाका प्रमुख राउतले जानकारी दिनुभयो।तत्कालका लागि नगरपालिकाका नगर प्रहरीले वारुण यन्त्र सञ्चालन गर्ने प्रमुख राउतको भनाइ छ।

‘अहिले नगरपालिकाले अग्नि नियन्त्रकका रूपमा नगर प्रहरीलाई नै वारुण यन्त्र चलाउने तालिम दिएर प्रयोगमा ल्याउने तयारी गरेका छौं, छुट्टै फायर फाइटर राख्नका लागी लागनी पनि अलि धेरै लाग्ने भएकाले अहिले यसैबाट काम चलाउने सोचमा छौं’ उहाँले भन्नुभयो।

नगरभित्र आगलागीका घटना नियन्त्रणमा ल्याउन नगरपालिकाले प्रदेशको पहलमा वारुण यन्त्र ल्याएको हो। तर सडक सुविधा सबै वडामा नभएकाले दुधौली नगरपालिकाको १४ वटा वडामै अहिले वारुण यन्त्रले पुग्न सक्ने अवस्था छैन्।

जिल्लाका नौ वटा स्थानीय तहमध्ये अहिले कमलामाई र दुधौली नगरपालिकासँग मात्रै वारुण यन्त्र रहेका छन्।
यी दुवै स्थानीय तहमा सुख्खायामको समयमा वन डडेलो र आगलागीका घटना व्यापक हुने गरेका छन्।

वारुण यन्त्रको सेवा शुरू गर्दै नगरप्रमुख राउतले अब नगरक्षेत्रका आगलागीका घटना नियन्त्रण र त्यसबाट हुने क्षतिको न्यनीकरण गर्न वारुण यन्त्रले मद्दत गर्ने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्