दृष्टिविहिनका लागि म्युजिकल जात्रा आयोजना हुने



न्युज अफ नेपाल, काभ्रे । रमाईलो छत्र छाया मुनि धुलिखेल, काभ्रेले धुलिखेलको हिमालयन मोटर ल्याण्ड (बेजिङ्ग प्लान) मा म्युजिकल जात्रा आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी शनिबार हुनेछ ।

धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा एक वटा अन्तराष्ट्रिय ब्याण्ड, तीन वटा राष्ट्रिय ब्याण्ड, एक वटा फरक क्षमता भएका ब्इक्तिहरुको ब्याण्ड र दुई वटा स्थानीय ब्याण्ड गरी ७ वटा ब्याण्डहरुको प्रस्तुती रहने जानकारी गराईएको छ । म्यूजिकल जात्रामा खानेकुराहरुका स्टल समेत रहने गरी ब्यवस्थापन गरिएको छ भने राष्ट्रिय रेसिङ्ग ट्रयाक हिमालयन मोटर ल्याण्डको प्रर्वद्धन रहने अध्यक्ष श्रेय विक्रम ब्याञ्जुले बताउनु भयो । फरक क्षमता भएका ब्यक्तिहरुका लागि निरन्तर रुपमा निशुल्क सांगिकतिक कक्षा संचालन गर्ने उदेश्यले आर्थिक सहयोग जुटाउन उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष ब्याञ्जुले बताए ।

उक्त संस्थाले हाल ६ जना दृष्टिविहिन बालबालिकाहरुलाई तीन महिना देखि आफ्नै खर्चमा निशुल्क सांगितिक कक्षा संचालन गर्दै आएको छ । उक्त कार्यक्रमलाई निरन्तरता दिन र त्यस्ता ब्यक्तिहरु मध्ये सांगितिक क्षेत्रको रुची भएकाहरुलाई निशुल्क कक्षा उपलब्ध गराउन आर्थिक संकलन गर्नु परेको सदस्य सुदिप पराजुलीले बताउनु भयो । म्युजिकल जात्राको माध्यमबाट नेपाल पर्यटन वर्ष २०२० को लागि पर्यटकिय क्षेत्रको प्रर्वद्धन र पर्यटन विकास गर्ने तथा स्थानीय कला प्रर्दशन, सांगितिक क्षेत्रमा स्थानीय कलाकर्मीहरुको स्तरोन्नती तथा क्षमता विकास र स्थानीय क्षेत्रमा सांस्कृतिक, सांगितिक र पर्यटकिय विकास गर्ने रहेको छ ।

१२ लाख ५० हजार आम्दानी गरी केहि रकम सांगितिक खर्च जुटाउन संकलन गर्ने लक्ष्य राखिएको पराजुलीले बताए । ६ जना दृष्टिविहिनहरुले तीन महिना देखि लिएको कक्षाका लागि मासिक शिक्षक खर्च १० हजार, घर बाहल ५ हनार तथा आवश्यक सांगितिक सामाग्रीहरु खरिद गरिएको छ । संजिवनी मावीमा अध्ययन गरी छात्राबासमा बस्ने ३ जना र ३ जना बाहिरका दृष्टिविहिनहरुलाई सांगितिक कक्षा लिईदै आएको छ । उक्त समुहले पनि म्युजिकल जात्राको अवसरमा चारवटा गित प्रस्तुत गर्नेछन् ।

जीवनमा आशावादी जगाउने खालका गितहरु प्रस्तुत गरी दुख सुख सधै हुने भएकाले नआत्तिन अनुरोध गर्ने, नेपालको संस्कृति झल्कने, रमाईलो गर्ने गितहरु प्रस्तुत गर्ने कक्षा १२ मा अध्ययन गर्ने प्रवेग तामाङले बताए । कक्षा ९ मा अध्ययन गर्ने सुस्मा सुन्दास, शिवराज विके र प्रवेग तामाङले जसो गर जे भन भन्ने बोलको गित समेत गाएर सुनाएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्षहरु रोमीप्रसाद ब्याञ्जु, संजय कोँजु, वडा सदस्यहरु अमित खोँजु, आनन्दसागर यगोल, स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्