एक करोडको अवैध सुपारी प्रहरी नियन्त्रणमा



न्युज अफ नेपााल,राजविराज । नेपालबाट अवैध रुपमा भारततर्फ निकासी गरिरहेको एउटा ट्रक सहित करिब एक करोड मुल्य बराबरको अवैध सुपारी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.२ ख ३७ नम्वरको ट्रकमा ३१ लाख ३५ हजार ७ सय ५० मुल्य बराबरको भन्सार छली ल्याएको १५ टन सुपारी बरामद गरिएको डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । सुपारीसहितको ट्रक शनिबार नै आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पथलैया बारामा बुझाईएको बारा प्रहरीले जनाएको छ ।

अवैध सुपारी र ट्रक आवश्यक अनुसन्धानको लागि अनुसन्धान विभाग ईटहरी सुनसरी पठाइएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्