एसिड आक्रमणबाट घाइतेलाई मन्त्री यादव र प्रभु साहले भेटे



न्युज अफ नेपाल, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रभु साहले एसिड आक्रमणबाट घाइते भइ उपचाररत पर्साकी मुस्कान खातुनलाई भेटेका छन् ।

म पनि यही छु, पार्टीका प्रदेश अध्यक्ष प्रभु साह पनि यहि हुनुहुन्छ । हामी यस विषयमा चिन्तित छौँ र यसलाई गम्भीरता पूर्वक लिएका छौँ । उपचारका लागि कुनै चिन्ता नलिन मन्त्री यादवले भने ।

एउटा निर्दोष बालिकामाथि यसरी जुन आक्रमण भएको छ यो ठूलो अपराध हो । यस्ता अपराधीलाई कुनै पनि हालतमा माफ गर्न हुदैँन । हदैसम्मको कारवाही गरिनुपर्छ । उनले यस्ता घटना रोक्नका लागि पहल गर्नुपर्ने बताए ।

शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले वीरगञ्जको गणेशमानचोकमा खातुनमाथि एसिड प्रहार गरेका थिए । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज(१३ श्रीपुर निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको थियो । एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए ।

उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर उनलाई काठमाडौं ल्याइएको छ र कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्