भ्रष्टाचार र बेतीथी अन्त गर्न साइकल यात्रा



न्युज अफ नेपाल, डोटी । सामाजिक सद्भाव र विकासको मन्त्र सहीत साइकल यात्रामा हिँडेका अभियान्ता कर्ण श्रेष्ठ डोटीको दिपायल आइपुग्नु भएको छ । भ्रष्टाचारको अन्त्य, सामाजिक सद्भाव र विकासमा सहकार्यको अपिल सहीत यात्रा सुरु गरेका श्रेष्ठले ६१ औं जिल्लाका रुपमा डोटीको दिपायल आईपुग्नु भएको हो ।

उहाँले भ्रष्टाचार अन्त गर्नकालागि २०७५ साल चैत्र ३ गते आफ्नै गृह जिल्ला खोटाङबाट यात्रा सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म भ्रष्टाचार अन्त गर्नकालागि साईकल यात्रामा हिनेको छु, सबैको सहयोग आवस्यक हुने छ ।” राजनीतिक, सामाजिक, आर्थिक सबै क्षेत्रमा देखिएको बेथिती हटाउन दबाबका लागि देश व्यापी साइकल यात्रा थालेको उहाँले जानकारी दिनुभयो ।

उहाँको उक्त अभियानमा जिल्लाका स्थानीय तहका जनप्रतिनिधी, उद्योग वाणिज्य संघ, नागरिक समाजले पनि सहयोग गरेका छन् । धार्मीक पर्यटन पहिलो समृद्धीको आधार हुनु पर्छ र भ्रष्टाचार अन्त्य पहिलो मुद्दा बन्नु पर्छ भन्ने मान्यता बोकेर हिँडेका श्रेष्ठले देश हाम्रो हो, सबैले मिलेर बनाउँ हाम्रो रोग भ्रष्टाचार अन्त्य गरौ, भन्ने सन्देश फैलाउदै आउनु भएको छ ।

सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा र डोटी पुग्नु भएका श्रेष्ठले यहाँका अन्य ६ जिल्लापनि साईकल भ्रमण गर्ने बताउनुभयो । यहाँका तराईका जिल्लाको यात्रा पछि आगामी असोजमा चितवनमा यात्रा समापन गर्ने लक्ष रहेको जानकारी दिनुभयो । एक्लै यात्रामा हिँडीरहेका श्रेष्ठ आजै छिमेकी जिल्ला डडेल्धुरा तर्फ साईकलमै जानु भएको छ ।

प्रतिक्रिया दिनुहोस्