एसिड आक्रमणका आरोपी हजाम पक्राउ



न्युज अफ नेपाल, वीरगञ्ज । वीरगञ्ज एसिड आक्रमणका आरोपी पक्राउ परेका छन् । वीरगञ्ज उपमहानगरपालिकामा शुक्रबार विद्यालय गइरहेकी मुस्कान खातुनमाथि एसिड प्रहार गरेको घटनाका मुख्य आरोपी माजिद मियाँ हजाम पक्राउ परेका हुन्।

वीरगञ्ज महानगरपालिका १६ मिथिलानगरमा नारायणी अस्पतालकै पछाडी एक निर्माणाधीन घरमा लुकिछिपी बसेको अवस्थामा शुक्रबार राति प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका रैफुलसँग सोधपुछका क्रममा माजिदलाई लुकाएको उनले बयान दिएका छन्। सोही आधारमा प्रहरीले माजिदलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

प्रेम प्रस्ताव अस्वीकार गरेपछि माजिदले योजना बनाएर मुस्कानमाथि शुक्रबार बिहान एसिड प्रहार गरी फरार भएका थिए।

घाइते मुस्कान खातुनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्