पञ्चशील बहुउद्देश्यीय सहकारीको बार्षिक साधारण सभा सम्पन्न



न्युज अफ नेपाल, ललितपुर ।
ललितपुरको कुमारीपाटीमा स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि.को आर्थिक वर्ष ०७५/०७६ मा शेयर पूँजी तर्फ १२ करोड रहेको छ । संस्थाले बचत (निक्षेप) तर्फ १ अर्ब ३७ करोड गरेको छ जनाएको छ । संस्थाको शनिबार सम्पन्न १९ औ साधारण सभामा सो जानकारी गराइएको हो ।

साधारण सभामा संस्थाले वार्षिक कारोबार १ अर्ब ८७ करोड पु¥याउन सफल भएको जानकारी गराइयो । संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको दाबी गरेको छ । संस्थाले यस आ.व.०७५/०७६ मा रु ८ करोड ६९ लाख ५० हजार ४ सय ६० रुपैँया ६२ पैसा नाफा आर्जन गरेको छ ।

संस्थाले विभिन्न सामाजिक क्रियाकलाप अन्र्तगत विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी गराइयो । समय समयमा तालिका बनाई शेयर सदस्यहरुलाई सहभागीता गराई विभिन्न सिप मुलक तालिम दिने,अन्र्तक्रिया गर्ने लगायतका कार्यहरु गर्दै आइरहेको छ । सदस्यहरुलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न साथै प्रविधिमुलक कारोवारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले गत आ.व. २०७५/०७६ देखि मोवाई एसएमएस, स्मार्ट मोवाईल बंैकिङ र एससिटी एटिएम को सुविधा दिएको संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले जानकारी दिनुभयो ।

राज्यको तीन खम्बे अर्थनिती मध्ये एक खम्बा सहकारी क्षेत्र रहेकोले राज्यको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ संस्था अगाडि बढिरहेको सचिव घनश्याम धमलाले जानकारी दिनुभयो । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई अझ सहज ढंगले सेवा सुविधा दिने उद्देश्यले आव ०७५/०७६ को शुरु देखी काठमाडौँको खिचापोखरी ,न्युरोडमा चौथो सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।

साधारण सभामा संस्थाले आव ०७५/०७६ मा आफ्नो शेयर सदस्यलाई १७ बोनस दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्