सैबुमा रोपियो ६ सय २५ विरुवा



न्युज अफ नेपाल, ललितपुर ।
ललितपुर महानगरपालिका–१८ कार्यालयले वृक्षरोपण गरेको छ । सैबु भैँसेपाटी थाना गाउँ अगरे स्थित वागमती गल्छेडो र वरपरका क्षेत्र ओगट्ने गरी गरेको वृक्षरोपण कार्यक्रममा विभिन्न प्रजातिका ६ सय २५ विरुवा रोपिएको हो ।

महानगरको भुक्षय तथा वृक्षरोपण कार्यक्रम अन्तर्गत १८ वडा कार्यालयको समन्वयमा वृक्षरोपण गरीएको वडाका वातावरण समितिका संयोजक गोपाल डंगोलले बताउनुभयो ।

स्थानीय डिबी रमेश केसी संयोजक रहेको समितिले महानगरको बजेटबाट वृक्षरोपण गरिएको छ । करिब ५ फिट अग्लो धुपी, कपुर, चाप, असारे, लगायतका विरुवा रोपिएको हो । वृक्ष रोपण संगै सम्पुर्ण क्षेत्रमा तारबार गरिएको छ ।

१८ वडा अध्यक्ष पुरुषोत्तम खड्का, नेकपा जिल्ला समिति सदस्य एवं समाजसेवी दामोदर खड्का, बाकुमारी वन उपभोक्ता समितिका अध्यक्ष नवराज कुवर, श्रीवालकुमारी श्रृजना क्लबका अध्यक्ष शालिकराम कुवर, उपाध्यक्ष वीरेन्द्र थापा, वडा सदस्य गोपाल डंगोल, रुकमणी महर्जन राधिका रोका, रेश्मा थापा स्थानीय टोल सुधार समितिका प्रतिनिधिले वृक्षरोपण गरेका थिए ।

वडाले सार्वजनिक जग्गा संरक्षण गर्न वृक्षरोपण कार्यलाई निरन्तरता दिने वडा अध्यक्ष पुरुषोत्तम खड्काले बताउनुभयो ।
उहाले भन्नुभयो–अब वडाले वृक्षरोपण मात्रै होइन नहुर्कुन्जेलसम्म बिरुवाको नियमित रुपमा संरक्षण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्