अवरुध्द पृथ्वी राजमार्ग एकातर्फी सञ्चालन



सिताराम अधिकारी, धादिङ ।
धादिङको पृथ्वी राजमार्ग अन्तरगत गल्छी गाउपालिका वडा नं ७ सडकमाथीबाट आएको पहिरोले अवरुध्द भएको पृथ्वीराजमार्ग शुक्रवार साँझबाट एकातर्फी रुपमा सञ्तालनमा आएको छ ।

सडकमाथीबाट आएको पहिरो डोजरको सहायताले पन्छाएपछि सञ्चालनमा आएको हो ।

दिउसो पटक पटक सडकमा पहिरो आएको थियो । डोजर लगाएर हटाउदा हटाउदै राती मात्र सडकमा यातायात सञ्चालन गर्न सकिएको गल्छी गाउपालिका वडा नं ७ का वडा अध्यक्ष हरि खतिवडाले बताउनुभयो ।

सडकको सबै पहिरो भोली (शनिबार) बिहान हटाउन सुरु गर्ने खतिवडाको भनाई छ ।

दिउसोदेखि राजमार्ग अवरुध्द भएपछि एकहजाभन्दा बढी गाडी रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्