वातावरणलाई असर नपर्नेगरी विमानस्थल बनाउनुपर्छ



नेपाल समाचारपत्र, काठमाडौं। बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) विमानस्थल निर्माणका सबै पक्ष समेटेर तयार नपारिएको विज्ञहरूले दावी गरेका छन्। सो इआइए वास्तवमा विमानस्थलको इआइए नै नभएको उनीहरूको तर्क छ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) द्वारा विहिबार आयोजित कार्यक्रममा परिष्ठ पूर्व क्याप्टेन प्रचण्ड जंग शाहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आफ्नै महत्त्व भएकाले यो प्राइमरी विमानस्थल भएको बताउनुभयो। उहाँले निजगढ विमानस्थल वैकल्पिक विमानस्थल नभएको बताउनुभयो।

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनुपर्छ भनेर दाबी गर्नुपर्ने उहाँको भनाई छ। यस्तै कार्यक्रममा बोल्दै वातावरणविद् प्रभु बुढाथोकीले वातावरणलाई असर नपर्ने गरी आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

वनको दृष्टिकोणबाट र जैविक विविधताको पाटोबाट विमानस्थललाई अन्यत्र बनाउन सक्ने सम्भावना भएको बताउँदै त्यो सम्भावनालाई हेरेर मिहिनेत गर्नु आवश्यक भएको उल्लेख गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्