उपराष्ट्रपति पुन र पाकिस्तानका राजदूतबिच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृह पुगेर उपराष्ट्रपतिसँग पाकिस्तानी राजदूत जावेदले शिष्टाचार भेट गर्नुभएको हो ।

उपराष्ट्रपति र पाकिस्तानी राजदूतबीचको भेटमा नेपाल–पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भयो ।
भेटमा उपराष्ट्रपतिले नेपाल–पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको बताउनुभयो । उहाँले दक्षिण एशियाको शान्तिका लागि सबैको सकारात्मक प्रयास हुनुपर्ने बताउनुभयो ।

भेटमा नेपालका लागि पाकिस्तानका राजदूत जावेदले पाकिस्तान र नेपालको औपचारिक कूटनीतिक सम्बन्ध आगामी वर्ष ६० वर्ष पुग्ने भए तापनि दुई देशबीच हजारौँ वर्षको सम्बन्ध रहेको बताउनुभयो । उहाँले पाकिस्तानले सधै शान्ति चाहेको र शान्तिको पक्षमा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्