विद्यार्थीको पहलमा विश्वमै दुर्लभ लोभीपापी गरुड संरक्षणमा



सीताराम अधिकारी, धादिङ ।

विश्वमै दुर्लभ र लोपोन्मुख अवस्थामा रहेको लोभिपापी गरुड संरक्षण अभियानमा गाउँपालिका र विद्यार्थीहरु लाग्ने भएका छन् । दक्षिणी धादिङको गजुरी गाउँपालिकाको किराञ्चोक स्थित लामाचिरा, पर्वाङल रुम्टा, तिलाहार क्षेत्रलाई चरन क्षेत्र बनाएर लामो समयदेखि बसीरहेको लोभिपापी गरुड, भूडिफोर, हिलेगिद्ध संरक्षण गर्ने विद्यार्थी र गाउँपालिकाले एक साथ प्रतिवद्धता जनाएका हुन् ।

गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले गाउँपालिकाले यो पंक्षी संरक्षण गर्न योजना बनाएर लाग्ने बताउनुभयो ।

किराञ्चोक मावि पर्वाङका विद्यार्थीहरुले भने सिकारीबाट बचाउने लगायतका बासस्थान संरक्षण र आहारा संरक्षणको अभियान नैचलाएर दुर्लभ पंक्षी संरक्षणमा लाग्ने सामुहिक प्रतिवद्धता गरेका हन् । जोगाउनुपर्ने सूचिमा रहेको लोभीपापी गरुड भन्ने यकिन भएपछि गाउँबासी समेतसंरक्षण अभियानमा लाग्ने अरुलाई सचेत गराउने लामाचिराका किरण न्यौपानेले बताउनुभयो ।

लोभीपापी गरुडले ठूलो करम, सिमल, आँप र सल्लाको ठूलो बोटमा बासस्थान बनाएर बस्ने गरेको छ । नेपालमा पायन्े ८ प्रकारका गरुड मध्ये एक भएको लोभिपापी गरुडका विज्ञ प्रसान्त घिमिरेले बताउनुभयो ।

लोभिपापी गरुडले विषालु सर्प, भ्यागुता, गगटा, किसानका खेतबारीमा पाइने किरा खाएर बस्ने भएकोले यो किसानको सहयोगिको रुपमा रहेको छ ।

यो लजालु स्वाभाव भएको गरुड हो । कालो शरिर, सेतो घाँटी कालो टोपी जस्तो टाउको र सेतो ठोड भएको रातो चुच्चो भएको दुर्लभ चरा लोभिपापी गरुड हो ।

प्रतिक्रिया दिनुहोस्