फेडेरर क्वार्टरफाइनलबाटै बाहिरिए



लन्डन, (एजेन्सी)। पाँच पटकको च्याम्पियन तथा विश्व नम्बर ३ खेलाडी रोजर फेडेरर युएस ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन्।

बुधबार न्युयोर्कस्थित सेन्ट्रल कोर्टमा भएको ५ सेटको निकै प्रतिस्पर्धात्मक खेलमा बुल्गेरियाका ग्रिगोर डिमिट्रिभसँग पराजित हुँदै फेडेरर बाहिरिनु पर्यो।

नोभाक जोकोभिच चौथो चरणबाटै बाहिरिएपछि स्विस खेलाडीलाई उपाधि दावेदारीमा अग्रपंक्तिमा राखिएको थियो। तर २० वटा ग्रान्डस्लाम च्याम्पियन फेडेररले ६–३, ४–६, ६–३ ४–६, २–६ ले खेल गुमाएका थिए।

पहिलो सेट ६–३ ले आफ्नो पक्ष पारेका फेडेररले दोस्रो सेट ४–६ ले गुमाएका थिए। उनले ६–३ ले अर्को सेट जितेर खेलमा पुनः २–१ को अग्रता बनाए। त्यसपछिको दुवै सेटमा डिमिट्रोभले जित्दा फेडेररको २१औं ग्रान्डस्लाम उपाधि जित्ने धोको यस वर्ष पुरा हुन सकेन।

डिमित्रोभले सेमिफाइनलमा पाँचौ वरीयताका रुसी खेलाडी ड्यानिल मेडभेडेभसँग खेल्नेछन्। मेडभेडेभले अर्का स्वीस खेलाडी स्टान वावरिन्कामाथि ३–१ सेटको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेका थिए।

त्यसैगरी अमेरिकी टेनिस क्वीन सेरेना विलियम्स पनि अन्तिम चारमा प्रवेश गरेकी छिन्। बुधबार नै भएको महिला एकलतर्फको खेलमा चीनकी वाङ क्वियांगलाई ६–१, ६–० को सोझो सेटमा हराउँदै सेरेना अन्तिम चारमा पुगिन्। सेरेनाले ४४ मिनेटमा नै जित आफ्नो पक्षमा पारेकी थिईन्।

सेमिफाइनलमा सेरेनाले यूक्रेनकी एलिना सिटोलीनासँग भेट पक्का गरेकी छन्। एलिनाले ब्रिटेनकी योहाना कोन्टालाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेकी हुन्।

 

प्रतिक्रिया दिनुहोस्