अन्ततः हङकङद्वारा सुपर्दगी विधेयक फिर्ता

जारा बहिष्कार गर्न आह्वान



बेइजिङ, (एजेन्सी)। चीनको विशेष प्रशासकिय क्षेत्र हङकङका महिला नेतृ क्यारी लामले अन्नत बुधवार महिनौं लामो प्रदर्शन चर्काउने अत्यनतै विवादास्पद सुपुर्दगी विधेयकलाई औपचारिक रुपमा नै फिर्ता लिने बताएकीछिन्। यो विधेयक गत अप्रिलमा प्रस्तावित गरिएको थियो।

गत जुनमा निलम्वन गरिएतापनि अर्थात यसलाई ‘ मृत ’ को संज्ञा दिइएतापनि लामले यसलाई पूर्णत फिर्ता लिएकी थिइनन्। प्रदर्शनकारीहरूको पाँचवटा प्रमुख मागमा यस विधेयको फिर्ता पनि पर्दछ।

बुधवार टेलिभिजन मार्फत हङकङवासीहरूलाई सम्बोधन गर्ने क्रममा लामले त्यहाँको शानित र सुरक्षाको पुनस्र्थापनाका लागि अन्य आवश्यक कदमहरू पनि उठाइने संकेत दिएकी छिन्।

उनले जन प्रदर्शनको क्रममा भएको प्रहरी आचरण समबन्धमा अनुसनधानका लागि गठित आयोगमा अन्य दुइजना वरिष्ठ सरकारी अधिकारीलाई पनि सरिक गरिने बताएकी छिन्।

केहि दिन अघि मात्र लामले कुनै पनि हालतमा हङकङको वर्तमान स्थितीलाई लिएर आफुले पदबाट राजिनामा नदिने बताएको श्रव्य टेप सार्वजनिक भएके थियो।

साथै सोमवार पनि लामलाई हङकङको राजनीतिक समस्या चर्काएका ेतथा यसकार्यक लागि उनलाई कहिल्ये क्षमा दिन नसकिने बताइएको अर्को श्रव्य टेप सार्वजनिक भएके थियो।

हङकङमा लगातार चौध साता अघि देखि प्रदर्शन भइरहेको छ। लामले प्रलदर्शनले हङकङवासीहरूलाई दुखित र स्तब्ध बनाएको प्रतिक्रिया दिएकी छिन्। साथै उनले जनतालाई पूर्णत चिन्ता मुक्त बनाउन नै सो विधेयक फिर्ता लिइएको पनि बताएकी छिन्।

यसैबिच स्पेनी खुद«ा बिेक्रेता कम्पनी जाराका केहि स्टोर हङकङमा बन्द भएपछि यो कम्पनी चीनमा विवादास्पद भएको छ। हङकङमा आम हडताल आब्हान गरिएको दिन ति स्टोर बन्द भएक हुन्।

हजारौं चिनिया सामाजिक संजालले उक्त कम्पनीले हडतालमा सरिक हुन चाहने आफ्ना कर्मचारीहरूलाई छुट दिएको आरोप लगाउदै जाराका सामान बहिष्कार गर्न आब्हान गरेका छन्। तर जाराले भने यदि यातायात अवरुद्ध भएको खण्डमा आफ्ना सटेरहरूमा पर्याप्त कामदारको कमि हुने भएकाले तिनीहरू बन्द गरिएको सफाई दिएको छ।

मुख्य भुमि चीनको नियनत्रण र प्रभाब बढिरहेको भन्दै केहि समय देखि हङकङ वासीहरूले थप प्रजातानित्रक अधिकारको माग गर्दै विशाल विारोध प्रदर्शन गर्दै आएका छन्।

शुरुमा हङकङबाट अपराधिहरूलाई थप मुद्धा चलाउनका लागि चीनमासुपुर्दग ीगर्न पाउनेबारेको प्रस्तवित विधेयकलाई लिएर प्रदर्शन शुरु भएके थियो। तर हङकङ प्रशासनले सो विधेयक निलम्वन गरिसकेको छ। अहिले पछिल्लो प्रदर्शनले हिंसात्मक रुप लिँदै गएको छ।

चिनिया सार्वभौमलाई चुनोति दिएको वा विरोध प्रदर्शनलाई सहयोग तथा समर्थन गरेको भन्दै चीन सरकारले हङकङमा व्यवशाय चलाउँदै आएका अन्य थसप्रै कम्पनी माथि पनि आक्रोश पोखन थालेको छ। 

सोमवाार हङकङमा जारा कम्पनीका चारवटा स्टोर केहि समयका लागि बन्द गरिएकोमा त्यसलाई बहिष्कारै गर्न दवाव परेको छ। सोही दिन करिव २ सय वटा बिद्यालयका १० हजार बिद्यार्थीले नयाँ शैक्षिक वर्षको पहिलो दिन बहिष्कार गरी प्रदर्शनकारी प्रति एक्यैवद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्