अभिनेत्री हार्परको निधन



हलिउड अभिनेत्री भ्यालरी हार्परको ८० वर्षको उमेरमा हालै निधन भएको छ।  ७०को दशकमा टेलिशृंखला द मेरी टायलर मुर शोमा निर्वाह गरेको भूमिकाका कारण लोकप्रिय उनको निधन भएको उनकी छोरी क्रिस्टिनाले पुष्टि गरेको एजेन्सीले उल्लेख गरेको छ।

ग्लोबल न्युजमा प्रकाशित समाचारअनुसार हार्पर मस्तिष्क क्यान्सरबाट पीडित भएकाले उनको रेखदेखका लागि केही महिना अघिदेखि धर्मशालामा राखिएको हार्परका पति टोनीले बताएका छन्।

सन् २०१३ मा डाक्टरले हार्परलाई मस्तिष्क क्यान्सर भएको पत्ता लगाएका थिए, जुनबेला डाक्टरले हार्पर केबल ३ महिना मात्र बाँच्ने बताएका थिए। तर हार्परले हार मानिनन्। हार्परले आफ्नो अभिनयका लागि ४ पटक एमी अवार्ड जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्