भिडियोमा जुनेली उज्यालो



गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत जुनेली उज्यालोमा सार्वजनिक भएको छ। सञ्चारकर्मी तथा कलाकार सूर्य चन्दद्वारा निर्देशित, गायक दीपक लिम्बु र शशी रावलको स्वर, सन्तोष श्रेष्ठको संगीत रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो।

भिडियोमा राम बाबु र अपेक्षा खड्काले अनस्क्रिन रोमान्स गरेका छन्। एलिसा कार्कीको कोरियोग्राफी रहेको गीतमा जोवनलाई फूलसँग तुलना गर्दै जुनको उज्यालो लिएर आएको कुरा गरिएको छ। भिडियोलाई अखिल बाँस्कोटाले छायांकन गरेका हुन्।

गीत लेखेरै विभिन्न विधामा आधा दर्जन विश्व रेकर्ड कायम गरेका गीतकार उपाध्यायले वल्र्ड बुक्स अफ अमेरिका, अस्टे«लिया, वल्र्ड बुक्स अफ लन्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्