हेर्नुहाेस डा.सिके राउत नेतृत्वको पार्टीका निर्णय



OLYMPUS DIGITAL CAMERA

जनकपुर । डा.सिके राउत नेतृत्वको जनमत पार्टीको वैठकले १८ वटा निर्णय गरेको छ । वीञ्गजमा भएको केन्द्रीय समिति बैठकको निर्णय आज सार्वजनिक गरेको हो ।

विभिन्न क्षेत्रमा योगदान गरेका ४५ वर्ष पुरा गरेकाहको ‘वरिष्ठ नेतृत्व मण्डल’ गठनको तयारी पनि जनमत पार्टीले गरेको छ।

वरिष्ठ नेतृत्वहरुको पहिचान गरी पार्टीलाई जानकारी दिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ। यसैगरी, मधेश आन्दोलन तथा मधेशको विभिन्न क्षेत्रमा योगदान गरेकाहरुलाई सम्मान स्वरुप जनमत पार्टीले ‘मधेश नेतृत्व पुञ्ज’ गठनको निर्णय गरेको छ।

हरेक वर्ष मनाइँदै आएको रंगभेद विरुद्धको एकता दिवसको अवसरमा यस वर्ष काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय समेत जनमत पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्