बन्दा बन्दैको पक्की घर भत्कियो



न्युज अफ नेपाल, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा निर्माणधिन एक घर गएराति आएको वर्षाको कारण भत्किएको छ ।

प्रहरीका अनुसार मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले निर्माणधिन घर अत्यधिक वर्षाको कारण राति भत्किएको हो ।

घर भत्किएपनि घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ ।
निर्माणधिन घर के कारणले भत्कियो भन्ने एकीन हुन नसकेको ग्रिनहिल सिटी हाउजिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्