अखिल क्रान्तिकारीका महासचिव रायमाझी सम्मानित 



काठमाण्डौ । अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव सुन्दर रायमाझी त्रिभुवन विश्वविद्यालयको ६६औं वाणिज्य दिवसको अवसरमा आयोजित अभिनन्दन कार्यक्रम २०७६/०५/१७ मा शैक्षिक सत्र २०७२/०७४ समुहको मास्टर्स डिग्री इन विजनेस स्टडीज्(एमबिएस) मा सर्वोच्च अंक प्राप्त गरी डाक्टर गोविन्दराम अग्रवाल पदक वाट विभुषीत भएका छन् ।

उनलाई त्रिभुवन विश्वविद्यालय को ६६ औ वाणिज्य दिवस समारोहमा सम्मान गरिएको छ । उनलाई एम.वि.एस.मा मास्टर्स डिग्रीमा सर्बोत्कृष्ट हुँदै गोल्ड मेडल, प्रमाणपत्र सहित नगद पुरस्कारले सम्मानित गरीएको छ ।

उनी ग्रामिण विकास तथा सरोकार केन्द्र नेपालको अध्यक्ष समेत रहेका छन । हाल रायमाझीले त्रिभुवन विश्वविद्यालय वाट एम।फिल र नेपाल ल क्याम्पसवाट एल.एल.बि. गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्