‘साहो’ लाई लाग्यो चोरीको आरोपः चोर्दा ढंग पर्याएर चोर्नु– फ्रेन्च निर्देशक



प्रभास र श्रद्धा कपुर स्टारर ‘साहो’ले  चर्को आलोचना खेपिरहेको भएपनि यसको कमाइमा कमी आएको छैन। यस्तोमा एक चर्चित फ्रेन्च निर्देशकले ‘साहो’माथि आफ्नो सिनेमा चोरेको आरोप लगाएका छन्।

फ्रेन्च निर्देशक जेरोम सालले आफू निर्देशित ‘लार्गो विन्च’बाट ‘साहो’ चोरिएको आरोप लगाएका हुन्। उनले ‘साहो’ निर्देशकलाई ढंग पुर्‍याएर चोर्न गर्न सुझाव समेत दिएका छन्। उनले ट्वीटमार्फत सो कुरा बताएका हुन्।

‘यस्तो लाग्छ ‘लार्गो विन्च’को दोश्रो ‘फ्रिमेक’ पनि पहिलो जस्तै खराब छ। त्यसकारण कृपया गरेर तेलेगु निर्देशकहरू, यदि तपाईंहरू मेरो काम चोर्नुहुन्छ भने राम्रोसँग चोर्नुस्’, ट्वीटमा जेरोमले लेखेका छन्।

त्यसअघि पनि जेरोमले आफ्नो भारतमा आफ्नो उज्वल भविष्य रहेको ट्विट गरेका थिए।

जेरोमको यस ट्वीटमा ‘साहो’का निर्माता-निर्देशकबाट कुनै प्रतिक्रिया आएको छैन। गत वर्षपनि पवन कल्याण स्टारर ‘अज्ञेयवासी’माथि पनि जेरोमले चोरीको आरोप लगाएका थिए।

 

 

एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्