फेरि बढ्यो सुनको मूल्य



काठमाडौं । बुधवार नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढेको छ । छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधवार सुनको मूल्य १ हजार रुपैयाँले बढेको हो । मंगलवार सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बुधवार तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोलामा ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवारको तुलनामा बुधबार चाँदीको मूल्य ४५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्