पोखरीमा डुबेर मृत्यु



सप्तरी।जिल्लाको राजविराज नगरपालिका–६ का ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीकाका अनुसार मादक पदार्थमा लठ्ठिएर घर आएका उनलाई आमाले गालीगलौज गरेको रिसमा आई पोखरीमा हामफालेर डुबेका हुन् ।

पोखरीमा स्वयं हामफालेर डुबेको कुरा उनकै श्रीमती पुनमदेवी मुखियाले फोनमार्फत जानकारी गराएपछि प्रहरीले खोजतलास गरी आज बिहान शव निकालेको थियो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्