बसले ठक्कर दिँदा एकको मुत्यु



खलङ्गा।जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

उक्त बसको ठक्करबाट सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्